काठमाडौँ । काठमाडौँमा शनिबार भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्प नेपालमा भने गएको होइन ।
केन्द्रका अनुसार डिंगे काउन्टीमा २ बजेर ३५ मिनेटमा भूकम्प गएको थियो । यसको तीव्रता ५ दशमलव ९ म्याग्निच्युडको रहेको थियो । यसको केन्द्रबिन्दु नेपालको लोबुचेभन्दा ९८ किलोमिटर उत्तर पश्चिम रहेको थियो ।
आज बिहानमात्रै म्याग्दी र बागलुङमा पनि भूकम्प गएको थियो ।
FACEBOOK COMMENTS