काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवं पुर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् ।
सुमनाले गल्ति कहिल्लै नस्वीकारेको गल्तीमाथि गल्ति गरिरहेको भन्दै पार्टी छोडेको घोषणा गरेकी हुन् । उनले आफुले पार्टी छोडेको जानकारी रास्वपाका केन्द्रीय सदस्यहरूको ग्रुपमा जानकारी गराएकी छन् ।
सो ग्रुपमा उनले भनेकी छन्– कहिल्यै गल्ती नस्विकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने ।
जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ ।
तर त्यसले कत्ति पनि फरक पारेन । अ झ उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन । अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । आई क्वीट, मैले पार्टी छोडेँ ।
सुमना यसअघि सुशीला कार्कीको शपथग्रहण समारोहमा समेत पुगेपछि उनले रास्वपा छोड्ने आकलन गरिएको थियो । सामाजिक सञ्जाल र मिडियामा उनले रास्वपा छोड्ने चर्चा भएपछि उनले शनिबार एक
भिडियो जारी गर्दै आफुले सुशीला कार्कीलाई मन्त्री बनेर होइन पछाडीबाट सहयोग गर्ने बताएकी थिइन् ।
FACEBOOK COMMENTS