काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ललितपुर शाखामा उपेन्द्रदेव ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
शाखाको छैठौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले शाखाको उपाध्यक्षमा अर्विन्द कुमार सिंह, सचिवमा वीरेन्द्रराज बज्राचार्य र कोषाध्यक्षमा सनम कुमार महर्जनलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा अजित कुमार थापा, दिवश महर्जन, बिनोद कुमार भट्टराईसहितको कार्यसमिति बनेको छ । नयाँ कार्यसमिति चयन भएसँगै निवर्तमान अध्यक्ष सुरेन्द्र पोखरेलले जिम्मेवारीबाट विदा लिएका छन् ।
FACEBOOK COMMENTS