काठमाडौं । यस इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालीको एकाधिकारमा रहेको ट्रेडमार्कसम्बन्धीदीर्घकालीन विवादमा उद्योग विभागले कम्पनीको दाबीलाई मान्यता दिँदै महत्वपूर्ण निर्णय गरेको छ ।
कम्पनीले विपक्षी इको प्यानल नेपाल प्रा।लि। विरुद्ध दायर उजुरीका आधारमा उद्योग विभागले पहिलो पटक २०७९साउन ११ गते तथा दोस्रोपटक २०८०कार्तिक २० गतेमा ट्रेडमार्क प्रयोग नगर्न अन्तरकालीन आदेशजारी गरेको थियो । सोही प्रकरणमा उद्योग विभागले २०८२असार ३० गते ट्रेडमार्ककम्पनीको एकल स्वामित्व र हकभोगमा रहने गरी अन्तिम निर्णय सुनाएको छ।
अन्तरकालीन आदेशको कार्यान्वयनका लागि विभागले गत असोज ३१ मा जिल्ला प्रशासन कार्यालयभक्तपुर, नेपाल प्रहरी साइबर ब्युरो काठमाडौं र विपक्षी इको प्यानल नेपाल प्रालिलाई पत्राचार गरेको छ ।
यसर्थ, विभागको आदेश र निर्णयको पूर्ण पालन गर्दै कम्पनीको स्वामित्वमा रहेको सो ट्रेडमार्कको नक्कल,दुरुपयोग वा कुनै पनि प्रकारको उत्पादन, प्रचार–प्रसार, बिक्री तथा वितरण गतिविधि नगर्न–नगराउनसम्बन्धित सबै पक्षलाई सार्वजनिक रूपमा सूचित गरिन्छ ।
प्रचलित कानुन विपरीत यस ट्रेडमार्कको अनधिकृत प्रयोग वा दुरुपयोग गर्नेरगराउने कुनै पनि पक्षविरुद्ध कम्पनीले अविलम्ब कानुनी कारबाही अघि बढाउने व्यहोरा समेत स्पष्ट पारेको छ ।

FACEBOOK COMMENTS