काठमाडाैं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिकाे बारेमा मासिक रिपाेर्ट सार्वजनिक गरेकाे छ ।
देशकाे केन्द्रिय बैंक समेत रहेकाे राष्ट्रबैंकले जारी गरेकाे तथ्यांक अनुसार देशका महँगी, विदेशी विनिमय सञ्चिति, सरकारको खर्च लगतयतकाे सूचांकहरू निरासजनक छ ।
त्यसैगरी देशमा भित्रनै रेमिट्यान्स भने सकारात्मक दिशातिर गइरहेकाे देख्न सकिन्छ ।
हेराैं देशकाे वर्तमान अवस्थाकाे आर्थिक सूचकहरू:
~ वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.६४ प्रतिशत रहेको छ ।
~ आयात १३.० प्रतिशतले, निर्यात ३४.९ प्रतिशतले र कुल वस्तु व्यापार घाटा ९.४ प्रतिशतले घटेको छ ।
~ विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.८ प्रतिशतले बढेर रु.१८७ अर्ब ४ करोड पुगेको छ । अमेरिकी डलर पनि ११.३ प्रतिशतले बढेको छ ।
~ शोधनान्तर स्थिति रु. २३ अर्ब ६८ करोडले घाटामा रहेको छ।
~ कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ३५ करोड अमेरिकी डलर रहेको छ ।
~ संघीय सरकारको खर्च रु. १३४ अर्ब ३४ करोड र राजस्व परिचालन रु.१४३ अर्ब ८१ करोड रहेको छ ।
~ विस्तृत मुद्राप्रदाय १.१ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ५.५ प्रतिशतले बढेको छ।
~ बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.९ प्रतिशतले घटेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.५ प्रतिशतले बढेको छ ।
~ वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ७४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७५ प्रतिशत रहेको छ।
FACEBOOK COMMENTS