काठमाडौं । ईडीएफ जम्बोरी नेपालले बहु–गन्तव्य प्रवेश दिवस २०२६ आयोजना गर्ने घोषणा गरेको छ।
उक्त कार्यक्रम सोमबार, फेब्रुअरी २०२६, बिहान १०:०० बजे देखि साँझ ५:०० बजे सम्म, न्यू प्लाजा, पुतलीसडकस्थित सिम्खडा प्लाजाको छैटौं तलामा सञ्चालन हुनेछ।
यो बहुप्रतिक्षित अन्तर्राष्ट्रिय शैक्षिक मेलामा संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, युनाइटेड किङ्डम, क्यानडा तथा युरोपका प्रतिष्ठित विश्वविद्यालयहरूका आधिकारिक प्रतिनिधिहरू एउटै छानामुनि उपस्थित रहनेछन्।
यस कार्यक्रमले विदेश अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई एकै स्थानमा विभिन्न देशका अवसरहरू बुझ्ने अद्वितीय अवसर प्रदान गर्नेछ। कार्यक्रम विद्यार्थी, अभिभावक, काउन्सेलर तथा शैक्षिक पेशेवरहरूका लागि विशेष रूपमा डिजाइन गरिएको हो, जहाँ सहभागीहरूले विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरी कोर्स छनोट, भर्ना प्रक्रिया, छात्रवृत्ति, भिसा प्रक्रिया तथा पोस्ट–स्टडी वर्क अवसरहरू बारे स्पष्ट जानकारी प्राप्त गर्न सक्नेछन्।
बहु–गन्तव्य प्रवेश दिवस २०२६ ले विद्यार्थीहरूलाई वर्षभरि छुट्टाछुट्टै देशका मेलामा धाउनुपर्ने झन्झटबाट मुक्त गर्दछ। एकै दिनमै विभिन्न देशका विश्वविद्यालय तुलना गर्न, अध्ययन खर्च बुझ्न तथा भविष्यका करियर सम्भावनाबारे निर्णय गर्न सकिनेछ।

कार्यक्रमको मुख्य उद्देश्यलाई झल्काउने नारा “सबै कुरा यहाँ सुरु हुन्छ” ले विद्यार्थीहरूको अन्तर्राष्ट्रिय शैक्षिक यात्राको सुरुवात यहीँबाट हुने सन्देश दिन्छ। ईडीएफ जम्बोरी नेपालले १५ वर्षभन्दा बढीको अनुभव सहित हालसम्म ५,००० भन्दा बढी विद्यार्थीहरूलाई विश्वका विभिन्न विश्वविद्यालयहरूमा सफलतापूर्वक अध्ययनका लागि पठाइसकेको छ। साथै, १,००० भन्दा बढी अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँगको साझेदारी मार्फत भ्म्ँ ले आफूलाई नेपालको विश्वासिलो शैक्षिक परामर्श संस्थाका रूपमा स्थापित गरेको छ।

कार्यक्रममा सहभागी हुन इच्छुक विद्यार्थी तथा अभिभावकहरूले +९७७ ९८२३३१९६४२ मा सम्पर्क गर्न वा ईडीएफ जम्बोरी नेपाल, ६औं तल, सिम्खडा प्लाजा, न्यू प्लाजा, पुतलीसडकमा प्रत्यक्ष रूपमा जानकारी लिन सकिने कम्पनीले जनाएको छ। कार्यक्रम बिहान १०:०० बजे देखि साँझ ५:०० बजे सम्म सञ्चालन हुने र विदेश अध्ययनमा रुचि राख्ने सबै विद्यार्थीहरूका लागि खुला रहने कम्पनीले जनाएको छ।

FACEBOOK COMMENTS