काठमाडौँ । बंगलादेशको मिडिया डेली स्टारका सम्पादक महफुज अनामले पत्रकारहरूको व्यक्तिगत सुरक्षाको बारेमा चिन्ता अब अभिव्यक्ति स्वतन्त्रताको मागभन्दा बढी भएको बताएका छन् । द डेली स्टारको कार्यालयमा भएको आक्रमणपछि उनले यस्तो बयान दिएका हुन् ।
बंगलादेशमा, विद्यार्थी नेता उस्मान हादीको हत्यापछि भएको हिंसामा दुई मिडिया संस्थाहरू, द डेली स्टार र प्रथम आलोको कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो ।
प्रथम आलोका अनुसार, द डेली स्टारको कार्यालयमा भएको आक्रमणको बारेमा बोल्दै महफुज अनामले कम्तिमा २६–२७ पत्रकारहरू छतमा फसेको र दमकल सेवालाई उनीहरूसम्म पुग्नबाट रोकिएको बताए ।
उनले भने– ’हामीले सामाजिक सञ्जालमा देखेका छौं, मानिसहरूले द डेली स्टार र प्रथम आलोका पत्रकारहरूलाई उनीहरूको घरमा फेला पारेर मार्नुपर्छ भनिरहेका छन् ।’
घटनालाई ’क्रूर’ भन्दै महफुज अनामले यसले पत्रकारहरूको व्यक्तिगत सुरक्षाको मुद्दालाई अगाडि ल्याएको बताए । उनले पत्रकारहरूलाई आफ्नो जीवनको सुरक्षाको माग गर्न एकजुट हुन अपील गरेका छन् ।

FACEBOOK COMMENTS