सर्वोच्च अदालतमा बारको ताण्डवले निम्त्याउन सक्ने संकटप्रति राजनीतिक दल र नेपाल बारको नेतृत्व गंभीर देखिएका छैनन् । यसको परिणाम सिंगो मुलुकले भोग्नु पर्ने निश्चित छ ।
सर्वोच्चमा देखिएको बार नेतृत्वले तय गरेको युद्धबाट न्यालयको शान्तितर्फको मार्ग अति नै फोहोरी र गन्जागोल भएको छ । यो देखेर आम जनसाधारणले धेरै नै टिकाटिप्पणीहरू गरिरहेका छन् । त्यतिमात्र होईन बारले गरेको नेतृत्व युवालाई चित्त बुझ्दो नभएकाले कयौँ युवा सडकमानै उत्रिएर बारको आन्दोलनको विरोध गर्दै न्यायलयको व्यतिथिलाई अन्त गर्न माग गरिरहेका छन् । बारले युवाको कुरालाई वेवास्ता गरेर आन्दोलनलाई निरन्तरता दिने हो भने यसले अराजकता आउन सक्छ भनेर केही युवाले चेतावनी दिएका छन् । उता बारका वरिष्ठ अधिवक्ताहरुलाई भने न त सामाजिक संरचना भताभुङ्ग होला भन्ने चिन्ता छ न त राष्ट्र टुक्रिएला भन्ने डर छ ।
नेपालको न्यायलय त्यत्ति खराब होईन तर न्यालयमा नेतृत्व गर्ने केही न्यायमुर्तिहरुले गर्दा खराब भन्न मन लाग्ने अवस्था आएको स्वभाविक नै हो । न्यायालय भद्रगोल र अन्योलपूर्ण अवश्य छ । दिनदिनैको घम्साघम्सी , भाडभैलो र किचलोले गर्दा अराजकतापूर्ण स्थिति देखिएको छ ।
विश्वमा छरिएर रहेका आम नेपालीहरुका लागी सर्वोच्च अदालतको यो अवस्था रहस्यपूर्ण र संसयपूर्ण लाग्न सक्छ । तर पनि नेपालको राजनीतिक परिवर्तनको सुर तातिदै छ । निर्वाचन तय गरिएको मिति नजिकिदै छ जसले गर्दा नेपालको राजनीतिक प्रक्रियामा युवा नेताको उपस्थितिका लागि दलहरुमा आम नागरिकको दबाब निकै नै छ । यदि नेपालको राजनीतिक प्रक्रियामा युवाको नेतृत्व कायम हुने हो भने त्यसपछि बनेको सरकारले आमूल रूपान्तरणलाई थेग्न सक्ने क्षमता साच्चै अन्तरनिहित छ । यो कुरा हरेक नेपालीले बुझेका छन् त्यसैले पनि हरेक ठाउँमा युवा नेतृत्व खाँचो भएको र युवाले नै पुराना व्यथितिको अन्त्य गर्न सकिने महसुुुुस गर्न सकिन्छ ।
अहिले बेन्च र बारमा भएको युद्धमा केहि न्यायाधीशले शान्तितर्फको पाइला लम्काएर आन्दोलनबाट फर्किएता पनि यो अझै कतै पुग्न सकेको छैन र आन्दोलनले पूर्णविराम लिएको छैन । तर पनि प्रधानन्याधीशले शान्ति प्रक्रियामा आउन सबै न्यायाधीशलाई आग्रह गर्दै पेशी मुद्दा हेर्न आव्हान गरिरहेका छन् । तैपनि न्यायलयको घाँटी निमोठ्न पल्केकाहरुले प्रधानन्यायाधीशको आग्रहलाई कुल्चिएर ताण्डव मच्चाईरहेका छन् । प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका छन् ।
त्यसो त , प्रधानन्यायाधीशको कार्यकालमा केहि महत्त्वपूर्ण नीतिगत परिवर्तनहरू भएका छन् । यसले गर्दा न्यायलयलाई फराकिलो त बनायो, तर उनका योजना र कार्यलाई बारका बरिष्ठहरुका कारण बिटुलो बनायो । तैपनि प्रधानन्यायाधीश अझै पनि अत्यन्त सङ्गठित एवं अनुशासित र नेपालका सबैभन्दा प्रभावशाली न्यायाधीशका रूपमा रहेका छन् ।
अहिले न्यायलयको वातावरण पहिलेभन्दा बढी ध्रुवीकृत भएको छ । वरिष्ठ न्यायाधीशभित्रनै गुट उपगुटहरू उम्रिन थालेका छन् । उनीहरु खुला रूपमा पक्ष र विपक्षमा रहेर आन्दोलन गरिरहेका छन् । कराई रहेका छन् । तर यो सबै अहिलेको युवाको जमातले टुलुटुलु हेर्न सक्दैन र दुवै पक्ष बिचको द्वन्दलाई सजिलैसित रोक्न चाहन्छ । त्यसका लागि सरकारको तर्फबाट युवालाई भनेर कुनै पनि सीमा तय गरिएको छैन । त्यसैले पनि अहिलेको अवस्थामा युवाहरू बारको अराजकतालाई अन्त्य गर्न खुला राजनीति गर्न पनि तत्पर छन् ।
यस्ता अनेक प्रकारका जटिलता र प्रतिस्पर्धाले न्यायलयमा अब नयाँ कस्तो खालको द्वन्द्व जन्माउँछ होला त ? न्यायाधीशहरुको दृष्टिमा यो प्रश्नको जवाफ के हुन सक्छ ? वकिल र न्यायाधीशमा युवाहरुको विद्रोहको प्रत्यक्ष परिणाम कस्तो आउला ? न्यायाधीशहरुको अराजकता, दलहरुको मौनता र न्यायलयको व्यथितिले देशले कुन मोड लेला ? यी र यस्ता प्रश्नले देशै टुक्रिएला कि भन्ने डर आम नागरिकलाई भने बढ्दो छ ।
अब न्यायलयलाई सुद्धिकरण गर्दै सुमार्गमा लैजाने हो भने नेपाल बार एसोसिएशनको नेतृत्व गरीरहेका अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायतका पदाधिकारीहरुले राजिनामा दिएर माग प्रसस्त गरेर विधिको शासनलाई अगाडी बढाउनु जरुरी भईसकेको छ ।
FACEBOOK COMMENTS