काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।
अर्थमन्त्री पौडेलले शिक्षालाई प्रविधिमैत्री र आधुनिक बनाउन एक सय विद्यालयमा ‘उत्थान कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेका छन् ।
अर्थमन्त्री पौडेलले बजेट सर्बाजनिक गर्दै भने ‘प्रत्येक जिल्लामा कम्तीमा एक विद्यालय पर्ने गरी १०० विद्यालयमा शैक्षिक नतिजामा आधारित उत्थान कार्यक्रम सञ्चालन गरिनेछ ।’
यी विद्यालयले अन्य विद्यालयको शैक्षिक नतिजा सुधारमा सहयोग गर्ने व्यवस्था मिलाइने र प्रत्येक विद्यालयलाई २५ लाख रुपैयाँ अनुदान प्रदान गरिने अर्थमन्त्री पौडेलले बताए ।
FACEBOOK COMMENTS