काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एडुरोम सेवा सञ्चालनमा ल्याइएको छ ।
हिजो सोमबारदेखि औपचारिक रूपमा सुचारु ग्रिएको यो सेवा विश्वविद्यालयका वैज्ञानिक अनुसन्धानसम्बन्धी संस्था, उच्च शिक्षक तथा विद्यार्थीहरूलाई शैक्षिक संस्थाबाट अर्को ठाउँमा पुग्दा आफ्नो शैक्षिक संस्थाको युजरनेम तथा पासवर्डबाट इन्टरनेट पहुँच स्थापना हुने सेवा हो ।
हाल विश्वका ११० भन्दा बढी देशका यस्तो सेवा उपलब्ध रहेको छ । विश्वभर लाखौँ एडुरोम हटस्पट सञ्चालनमा आइरहेका छन् । आज यस्ता सेवासम्बन्धी हटस्पटको विस्तार दिनानुदिन धेरै भन्दा धेरै स्थानहरू जस्तै लाइब्रेरी, म्युजियम, सार्वजनिक स्थान, रेलवे स्टेसन, एयरपोर्ट तथा कफी शपहरूमा भइरहेको छ । यो यस्तो सेवा हो, जुन संसारभर पूर्ण रूपमा निःशुल्क रूपमा उपलब्ध रहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा डोमेष्ट्रिक टर्मिनलभित्र जडान गरिएका ६० वटा भन्दा बढी एक्सिसपोइन्टबाट एडुरोम सेवाको पहुँच एकसाथ गर्न सकिने छ ।
यो नेटवर्क सेवा सरल, सुरक्षित, र सजिलो प्रविधिमा आधारित छ । यसले विश्वभरका रोमिङ पहुँचबाट सञ्चालन हुन्छ र रेडियस सर्भरमार्फत सुरक्षित कनेक्सन टनेलिङमार्फत सुरक्षितरूपमा प्रदान गर्दछ । यो सेवा वैज्ञानिक अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी र सम्बन्धित संस्थाको कर्मचारीहरूका लागि तयार पारिएको छ ।
एडुरोमको इतिहास
वैज्ञानिक अनुसन्धान र अन्वेषणमा संग्लग्न, विश्वविद्यालय प्राध्यापक, तथा विद्यार्थीले सहज र असुरक्षित रूपमा आफ्नो संस्थाभित्र इन्टरनेटमा जोडिन साथै एक संस्थाबाट अर्को संस्थामा गरिने यात्राको क्रममा इन्टरनेटको पहुँचसम्बन्धी आवश्यकतालाई सहजै पूरा गर्नका लागि एडुरोमको जन्म भएको थियो । सन् २००४ डिसेम्बरमा युरोप बाहिरका देशमध्ये यो सेवामा सामेल हुने पहिलो राष्ट्र अष्ट्रेलिया थियो ।
नेपालमा एडुरोमको सुरुवात सन् २०१७ बाट भएको थियो । हाल, काठमाडौँ विश्वविद्यालय, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, कृषि तथा बन विज्ञान विश्वविद्यालय, लुम्बिनी टेक्नोलोजिकल विश्वविद्यालय, नेपाल खुल्ला विश्वविद्यालय, वीर अस्पताल, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालयलगायत ४१ वोटा संस्था मा एडुरोम सेवा उपलब्ध भइसकेको छ ।
यो सेवाले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरका अनुसन्धान, सम्मेलनहरूमा सहभागी तथा अन्तरदेशीय भ्रमण गर्दा एडुरोम सेवा उपलब्ध रहेको क्षेत्रमा सहजै पहुँच हुने गर्दछ । नेपालमा शैक्षिक संस्थाहरूमा विद्यार्थीहरूको मोबिलिटी हुँदा इन्टरनेट सहज पहुँच उपलब्ध गराउनु यसको महत्वपूर्ण लक्ष्य हो ।
एडुरोमको उपयोग गर्दा, प्रयोग कर्ता सम्बन्धित संस्थाबाट एक युजरनेम र पासवर्ड अत्यन्त सुरक्षित तरिकाले प्राप्त गर्ने गर्दछन् । यसले विद्यार्थीहरूलाई एडुरोम सेवा उपलब्ध भएका विभिन्न स्थानीय र अन्तर्राष्ट्रिय लोकेशनहरूमा सहजताका साथ अनलाइन शिक्षा, अनुसन्धान र कन्फरेन्सहरूमा आवश्यक पर्ने इन्टरनेटको सहजै पहुँच पुर्याउने गर्दछ । हाल नेपालमा अहिले यो सेवा ४२ वोटा संस्थामा पुगिसकेको छ ।
नेपालको सन्दर्भमा एडुरोम प्रणालीको कुरा गर्दा यसको आधिकारिक सेवा प्रदायक नेपाल रिसर्च एन्ड एजुकेसन नेटवर्क (एनआरईएन) हो । यो संस्थाबाट एडुरोमको प्रवर्द्धन तथा प्रचार प्रसारका अतिरिक्त सेवा जडान गर्नुका साथै सम्पूर्ण प्राविधिक सहयोग प्रदान हुँदै आइरहेको छ ।
एडुरोम सेवा उपलब्ध रहेका संस्था बारे जानकारी: https://eduroam.org.np | https://www.nren.net.np/extending–eduroam–services–in–Nepal/
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा डोमेष्टिक टर्मिनलमा एडुरोम सेवाको विस्तारसँगै वैज्ञानिक अनुसन्धान तथा उच्च शिक्षक क्षेत्रमा जोडिएका व्यक्तित्व हरूलाई नेपालले विशेष महत्व दिएको अनुभूति यसका प्रयोगकर्ताहरूले गर्ने अपेक्षा राखिएको छ । विदेशबाट नेपाल भ्रमणमा आउने प्राध्यापक वैज्ञानिक अनुसन्धानकर्ता नेपालमा आउँदा एयरपोर्टमा यो सेवाको सहजै पहुँच हुने र नेपालले विश्व जगतका प्राज्ञिक व्यक्तित्वहरूलाई महत्वपूर्ण रूपमा लिएको सन्देश विश्वजगतमा पुग्ने छ ।
FACEBOOK COMMENTS