काठमाडौं । १० दिनअघि बढेको अन्डाको भाउ फेरि बढाइएको छ । नेपाल लेयर्स कुखुरापालक संघले भोलि मंगलबारदेखि लागु हुने गरी भाउ बढाउने निर्णय गरेको हो ।
१३ मंसिरमा अन्डाको भाउ बढाएको संघले फेरि प्रतिक्रेट २० रुपैयाँ बढाएर नयाँ मूल्य सार्वजनिक गरेको छ । मूल्य बढेसँगै सबैभन्दा ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ८० रुपैयाँ पुगेको छ । यस्तै ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ६५ रुपैयाँ पुगेको छ ।
मध्यम अन्डाको भाउ प्रतिक्रेट ५ सय ५० रुपैयाँ तोकिएको छ । संघका अनुसार १३ मंसिरमा सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ५ सय ६०, ठूलो अन्डा प्रतिक्रेट ५ सय ४५ र मध्यम अन्डा प्रतिक्रेट ५ सय ३० रुपैयाँ थियो ।
संघका सचिव मदन पोखरेलले अहिले अन्डा उत्पादन एकदमै कम भएको र माग बढी भएको हुँदा भाउ बढेको बताए ।
FACEBOOK COMMENTS