काठमाडौँ । इजिप्ट र नाइजेरिया जारी अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा पुगेका छन् ।
गएराती सम्पन्न खेलमा इजिप्टले बेनिनलाई ३-१ गोल अन्तरले पराजित गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवैले १-१ गोल गरेपछि खेल ३० मिनेट अतिरिक्त खेलाइएको थियो ।
इजिप्टको जितमा मारवान अट्टीया, यासर इब्राहिम र मोहमद सलाहले एक एक गोल गरेका थिए । त्यस्तै बेनिनका लागि एक गोल जोडेल डोससोउले गरेका थिए ।
त्यसैगरी गएराती नै सम्पन्न अर्को खेलमा नाइजेरियाले मोजाम्बिकलाई ४-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । नाइजेरियाको जितमा भिक्टर ओसिमहेनले दुई गोल गरेका थिए भने अडेमोला लूकम्यान र अकोर एडमसले एक एक गोल गरेका थिए ।
अब क्वाटरफाइनलमा इजिप्ट र नाइजेरियाले प्रतिष्पर्धा गर्ने छन् । जारी प्रतियोगितामा यसअघि माली, सेनेगल, मोरक्को र क्यामरुन क्वाटरफाइनलमा पुगिसकेका छन् ।

राउण्ड १६ अन्तर्गत आज अल्जेरिया र डिआर कंगो तथा आइभरी कोष्ट र बुर्किना फासो खेल्दैछन् ।


FACEBOOK COMMENTS