काठमाडौँ । जारी अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलको समीकरण पुरा भएको छ । प्रतियोगिताको सेमिफाइनलमा इजिप्ट, नाइजेरिया, सेनेगल र मोरक्को पुगेका छन् ।
गएराती सम्पन्न खेलमा इजिप्टले आइभरी कोष्टलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो भने नाइजेरियाले अल्जेरियालाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
यसअघि मोरक्कोले क्यामरुनलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो भने सेनेगलले मालीलाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।
अब सेमिफाइनलमा इजिप्टको सामना सेनेगलसँग हुने छ भने मोरक्कोको सामना नाइजेरियासँग हुने भएको छ । सेमिफाइनलका खेलहरु १४ जनवरीमा हुने छन् ।

FACEBOOK COMMENTS