काठमाडौँ । व्यावसायिक अटोमोबाइल्स उद्योग आइमारले हरेक वर्ष मनाउने प्रोफर्मर्स अफ द इयरमा नेपालले आइसर प्रोफर्मर्स च्याम्पियनको उपाधि जितेको छ ।
आइमारले हरेक वर्ष प्रोफर्मर्स अफ द इयर मनाउने गरेको छ । व्यवसायिक अटोमोबाइल्स उद्योगको एक अग्रणी नाम आइमारले हरेक वर्ष मनाउने प्रोफर्मर्स अफ द इयर हरेक वर्षा गत वर्ष २०२२ मा पनि सफलतापूर्वक सम्पन्न भयो जसमा नेपाल सहित ३० देशहरूले आफ्नो सहभागिता जनाएका थिए ।
व्यावसायिक साझेदारहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आइशरले यो कार्यक्रम आफ्नो विशेष पहलमा सन् २०१४ मा सुरूवात गरेको हो । सुरुवातदेखि नै यसले व्यक्तिगत क्षमताको मुल्यांकन गर्दै बिक्री, उत्पादन ज्ञान बजार रणनीतिहरूको मुल्यांकन गर्दै आएको छ र व्यवसायिकरणको नीतिमा पनि यो प्रतियोगिता उत्साहको उत्प्रेरक बनेको छ ।
‘प्रतियोगितामा विभिन्न कठिन चरण समावेश गरिएको थियो, जसमा अनलाइन परीक्षण, व्यक्तिगत साक्षात्कार उत्पादन प्रदर्शन र केस स्टडीहरू समावेश थिए,’ कार्यक्रमपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यसको अन्तिम समापन कार्यक्रम नेपालमा आयोजना गरिएको थियो । प्रतियोगितामा विभिन्न देशका २०० सहभागीले आफ्नो असाधारण कौशल, समर्पण र ज्ञान प्रदर्शन गरेका थिए ।’
FACEBOOK COMMENTS