एजेन्सी । अन्तरिम सरकारले अमेरिकी कूटनीतिक समर्थन खोजिरहेको बेला बङ्गलादेशले शुक्रबार टेक अर्बपति एलन मस्कलाई स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्क दक्षिण एशियाली देशमा ल्याउन अनुरोध गरेको बताएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको दाहिने हातका रूपमा मस्कको ह्वाइट हाउसमा उच्च भूमिका छ । जहाँ विदेशी नेताहरूसँगको उनको बैठकले उनको आधिकारिक भूमिका र व्यावसायिक हितका बीचको सीमा अस्पष्ट भएको बारे प्रश्नहरू खडा गरेको छ ।
विश्वको सबैभन्दा धनी व्यक्ति मस्कले बिहीबार गत वर्ष विद्यार्थी नेतृत्वको क्रान्तिपछि बङ्गलादेशमा कार्यवाहक प्रशासनको नेतृत्व गरिरहेका नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुससँग कुराकानी गरे ।
उनले लामो भिडियो कलमा पृथ्वीको तल्लो कक्षीय स्याटेलाइटहरू मार्फत दूर दराजका स्थानहरूमा इन्टरनेट पहुँच प्रदान गर्ने स्टारलिङ्क बङ्गलादेशमा ल्याउने बारे छलफल गरे ।
दुवैले यो सेवाले ‘बङ्गलादेशका उद्यमी युवा, ग्रामीण र कमजोर महिला र दूर दराजका समुदायहरू’ का लागि नयाँ अवसरहरू सिर्जना गर्ने कुरामा जोड दिएको युनुसको मिडिया कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS