काठमाडौँ । मोरङको लेटाङमा रहेको एकीकृत जनभावना वचत तथा ऋण सहकारी संस्थाको दुईवटा कार्यालयबाट १२ लाख ८१ हजार रुपैयाँ चोरी भएको छ ।
लेटाङ नगरपालिका–२ फँडानीमा रहेको संस्थाको मुख्य कार्यालय र लेटाङ–२ खैरेनीमा रहेको शाखा कार्यालयबाट रकम चोरी भएको हो ।
मुख्य कार्यालयबाट ८ लाख ९० हजार ४ सय ४५ रूपैयाँ र शाखा कार्यालयबाट ३ लाख ९० हजार ५ सय ८५ रूपैयाँ चोरी भएको सहकारीका अध्यक्ष हेरम्भराज भट्टराईले जानकारी दिए ।
सहकारीको निगरानीका लागि सीसी क्यामेरा जडान गरिएको थियो । तर, चोरीमा संलग्नले सीसी क्यामेराको डिभाइस नै लिएर गएको देखिएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार सीसी क्यामेराको डिभाइस नै गायब पारिएकाले घटनामा संलग्नको पहिचान गर्न समस्या भइरहेको छ ।
घटनाको अनुसन्धानका लागि प्रहरीले विशेष टोली परिचालन गरेको छ ।
FACEBOOK COMMENTS