काठमाडौं । मुलुकभर प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ ।
बिहान ७ बजेदेखि मतदान केन्द्रमा मतदान सुरु भएको हो । मतदानका लागि मतदाता बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगिसकेका छन् ।
सर्वसाधारणदेखि शिर्ष नेता, उम्मेदवारले मतदान गरिरहेका छन् ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ । मतदाताले निर्वाचनका लागि तयार गरिएको चार वटा बेग्लाबेग्लै मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्नेछन् ।
निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ । निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।
FACEBOOK COMMENTS