काठमाडौं । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ५ बजेसम्म ६७ प्रतिशत मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रवक्ता टेकराज पन्थीका अनुसार प्रारम्भिक अनुमान अनुसार ६७ मत खसेको हो । जिल्लाको बेलहीया नाका क्षेत्रमा सबैभन्दा कम ५५ प्रतिशत र तिलोत्तमा क्षेत्रमा ७७ प्रतिशत मत खसेको उनले जानकारी दिए । सालझन्डीस्थित पशुपति मावि मतदान केन्द्र र हरैयास्थित रुद्रपुर मावि केन्द्रमा भने मतदान जारी रहेको छ ।
बिबादका कारणले करिब २ घण्टा रोकिएकाले थप २ घण्टा थप गरी मतदान गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । साँझ ७ बजेसम्म मतदान गर्न सकिने उनले जानकारी दिए । थपिएको विवरणसहित करिब ७० प्रतिशत मतदान हुने अनुमान रहेको उनको भनाई छ।
FACEBOOK COMMENTS