काठमाडाैं । निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट गरेको छ । जसअनुसार सबैभन्दा धेरै एमालेले सबै भन्दा धेरै सिट पाएको छ ।
प्रतिनिधिसभामा एमालेले ३४ सिट पाएको छ भने नेपाली कांग्रेसले ३२ सिट पाएको छ । त्यस्तै प्रदेशसभा तर्फ एमालेले प्रदेश १ मा १५, मधेशमा ८, बागमतीमा १४, गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५, र सुदुरपश्चिममा ७ सिट गरि कुल ७० सिट पाएको छ ।
त्यस्तै कांग्रेसले प्रदेश १ मा १२, मध्येमा ९, बागमतीमा १२, गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५, सुदूरपश्चिममा ७ गरि कुल ६४ सिट पाएको छ । केन्द्र र प्रदेशमा गरि समानुपातिकमा एमालेले १०४ सिट पाएको छ भने कांग्रेसले ९६ सिट पाएको छ ।
FACEBOOK COMMENTS