काठमाडौं । म्यानपावर व्यवसायीहरु निर्वाचनमा होमिएका छन् ।
वैदेशिक रोजगार व्यवसायी संघको माघ ६ गते हुने निर्वाचनका लागि प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले राजेन्द्र भण्डारीको नेतृत्वमा प्यानले बनाएको छ । संघको आगामी नेतृत्वका लागि प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले राजेन्द्र भण्डारीको नेतृत्वमा प्यानल तयार पारेको छ ।
अरोरा ह्युमन रिसोर्सका सञ्चालक भण्डारी अध्यक्षको तयारीमा जुटेका छन् । लामो समय संघ र मञ्चमा काम गरेका निकै बौदिक र अध्ययनशिल मानिने भण्डारी अध्यक्षको रुपमा मैदानमा उत्रेका छन् भने डिक बहादुर खत्री (कुमार) प्रथम उपाध्यक्ष, सन्जु गुरुङ द्वितीय उपाध्यक्ष र रोशन कटुवाल तृतीय उपाध्यक्षको उमेदवार रहेका छन् ।
महासचिवमा मिलन कट्टेल, सचिवमा राजेन्द्र अधिकारी, कोषाध्यक्षमा सरिता घले रहेका छन् । यस्तै सदस्यहरुमा बैकुण्ठ प्रसाद पौडेल (वैभव), देउमान नेम्वाङ (डि.एम सुब्बा), शिबहरि मैनाली (सितल), आनन्दप्रसाद कोइराला, खेमनाथ गौतम रहेका छन् । यस्तै मोहनप्रसाद आचार्य, राजेन्द्र बस्नेत, जनकलाल बास्तोला, श्यामचन्द्र खतिवडा र उमेश महतो रहेका छन् ।
अध्यक्षमा उम्मेद्वार भण्डारीले आफु अध्यक्ष भएमा वैदेशिक रोजगार ऐन–२०४२, वैदेशिक रोजगार नियमावली–२०५६, न्यूनतम लागत शुल्क–२०७२, घरेलु कामदार कार्यबिधि २०७२ का बिभिन्न अव्यवहारिक सरकारी एवम् प्रशासनिक निर्णयहरु संशोधन गर्ने बताए ।
उनले बर्षौदेखि चलिरहेको र तमाम व्यवसायीहरुले भन्ने गरेको वैदेशिक रोजगार व्यवसायलाई “सुरक्षित, व्यवस्थित र मर्यादित” बनाउने भन्ने मूल नारालाई शतप्रतिशत कार्यान्वयन गराउने दृढ संकल्प रहेको उनको भनाइ छ ।
FACEBOOK COMMENTS