काठमाडौं । प्रतिनिधिसभा निर्वाचन, २०८२ को मत गणना जारी छ ।
शुक्रबार साँझ ७ बजेसम्म ६ वटा निर्वाचन क्षेत्रको मत परिणाम घोषणा भएको छ । त्यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन, नेपाली कांग्रेसले दुई र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले एक सिटमा जित हासिल गरेको छ ।
हालसम्म जित किाल्नेहरूमा रास्वपाबाट काठमाडौं क्षेत्र नं. १ की उम्मेदवार रञ्जु दर्शना, काठमाडौं–६ का शिशिर खनाल र काठमाडौं–८ का विराजभक्त श्रेष्ठ छन् ।
यसैगरी नेपाली कांग्रेसबाट मुस्ताङ–१ का योगेश गौचन थकाली र मनाङ–१ का टेकबहादुर गुरुङ छन् । नेकपाबाट रुकुम पूर्व–१ का उम्मेदवार पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले जित निकाल्दै खाता खोलेका छन् ।
अहिलेसम्म यी तीनवटा प्रमुख पार्टीले जितको खाता खोलिसक्दा प्रमुखमध्येको एउटा दल नेकपा एमालेले अहिलेसम्म कतै पनि जित निकाल्न सकेको छैन । पुराना दलमध्ये नेकपाका संयोजक समेत रहेका प्रचण्ड विजयी भइसक्दा एमाले भने शून्यमै छ ।

यो समाचार तयार पार्दासम्म रास्वपा १०७, कांग्रेस ११, एमाले ११, नेकपा ८, श्रम संस्कृति पार्टी ६ तथा राप्रपा, स्वतन्त्र, प्रलोपा एक/एक सिटमा अगाडि छन् ।

FACEBOOK COMMENTS