![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । इलाम–२ मा जारी उपनिर्वाचनमा मतदान केन्द्रभित्रै नक्कली मतपत्र तयार गरी मतदान गराएको पाइएको छ । यस्तो पाइएपछि प्रहरीले केही सामग्रीहरू बरामद गरेको जनाएको छ ।
महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मतदान केन्द्रभित्र मतदातालाई नक्कली मतपत्रमा छाप हाल्न लगाउने समूहको सामग्री प्रहरीले बरामद गरेको जनाएको छ ।
स्रोतका अनुसार ४ जना महिला विद्यार्थीहरुलाई केही पैसा दिएर नक्कली मतपत्रमा छाप हाल्न लगाउने र नक्कली मतपेटिकामा सो कागज खसाल्न लगाउने गरेको पाइएको हो ।
यो विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।
FACEBOOK COMMENTS