गण्डकी । गण्डकी प्रदेशका कुल १८ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमध्ये १६ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ ।
अब गोरखाका दुई क्षेत्रको परिणाम आउन बाँकी छ । गोरखा–१ र २ मा मतगणना जारी छ ।
परिणाम सार्वजनिक भइसकेका १६ निर्वाचन क्षेत्रमध्ये १३ वटामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी बनेका छन् भने दुई निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार जितेका छन् ।
एउटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी बने ।
FACEBOOK COMMENTS