काठमाडौं । मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारले आफ्नो मनोनयन फिर्ता आज दिउँसो १ बजेसम्म लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाले आज १० देखि मध्यान्न १ बजेसम्म उम्मेदवारी फिर्ता लिन पाउनेछन् ।
यस्तै आयोगले आजै दिउँसो ३ बजेभित्र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएको छ । अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेदवारहरूले आजै चुनाव चिह्न पाउने सम्भावना पनि रहेको छ ।
FACEBOOK COMMENTS