काठमाडौं । निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्ने दलको संख्या ७ पुगेको छ । आयोगले दिएको पछिल्लो विवरण अनुसार, समानुपातिक बन्दसूची पेश गर्ने दलको संख्या ७ पुगेको हो ।
फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज आयोगमा बन्द सूची बुझाउने अन्तिम दिन हो । यही फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउन नेकपा (एमाले) का नेताहरू निर्वाचन आयोग पुगेका छन् ।
आयोले समानुपातिकतर्फको बन्दसूची बुझाउन सोमबार सम्मको समयसीमा तोकेको छ । एमालेका प्रतिनिधि आयोग पुगेका छन् । अन्य नेताहरू पनि आउँदै गरेको जानकारी दिइएको छ ।
समानुपातिकको बन्दसूची बुझाउन कांग्रेस पुग्यो आयोग
काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्द सूची बुझाउन नेपाली कांग्रेसका नेताहरू निर्वाचन आयोगमा पुगेका छन् । आयोले समानुपातिकतर्फको बन्दसूची बुझाउन सोमबार सम्मको समयसीमा तोकेको छ ।
पार्टीको तर्फबाट समानुपातिकतर्फको बन्द सूची बुझाउन कांग्रेस नेता मीनबहादुर विश्वकर्मालगायत आयोग पुगेका छन् ।
उज्यालो नेपाल पार्टीले बुझायो बन्दसूची
काठमाडौँ । उज्यालो नेपाल पार्टीले समानुपातिकको बन्दसूची बुझाएको छ । सोमबार निर्वाचन आयोगमा पुगेर सो पार्टीले बन्दसूची बुझाएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकताको विषयमा वार्ता भइरहे पनि उज्यालो नेपाल पार्टीले छुट्टै बन्द सूची बुझाएको छ । आइतबार बेलुका रातिसम्म रास्वपाका सभापति रवि लामिछाने, बालेन शाह (बालेन्द्र) र कुलमान घिसिङबिच एकताबारे छलफल भए पनि वार्ता निष्कर्षविहीन भएको थियो ।

FACEBOOK COMMENTS