काठमाडौं । निर्वाचन आयोगले झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उमेदवार बालेन साहलाई स्पष्टीकरण सोधेको छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको फेसबुकमा गरेको कमेन्टबारे उजुरी परेपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
बालेन र ओली झापा–५ बाट प्रतिनिधिसभा सदस्य उमेदवार उठेका छन् ।
बालेनलाई तीन दिनभित्र स्पष्टीकरणको जबाफ दिन भनिएको छ ।
FACEBOOK COMMENTS