काठमाडौँ । सुनसरी क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना कार्य सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।
गत आइतबारदेखि यहाँको मतगणना रोकिएको थियो । वराहक्षेत्र ८ को मतगणना हुँदै गर्दा ब्यालेटभित्र नभएको ६ सय मत नेकपा एमालेको पक्षमा जोडिएको आरोप लगाउँदै मतगणना रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माग गरेका थिए ।
आयोगले मन्त्री कार्कीको माग अस्वीकार गर्दै मतगणनालाई निरन्तरता दिन निर्देशन दिएको निर्वाचन कार्यलयका सहायक–निर्वाचन अधिकृत मोहनबहादुर अधिकारीले जानकारी दिए ।
वराहक्षेत्र नगरपालिकाका १० र ११, भोक्राहाका ७ र ८, हरिनगराका ६ र ७, कोशी गाउँपालिकाका ५ र ६ गरी ८ वटा वडाको मत गणना गर्न बाँकी छ ।
FACEBOOK COMMENTS