काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काँग्रेसको विवादको विषयमा विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय नगर्ने बताएका छन् ।
काँग्रेसको देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा आयोग पुगेको टोलीलाई कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगले संबिधान, ऐन कानुन अनुसार नै निर्णय लिने स्पष्ट गरेका हुन् ।
कार्यवाहक सभापति खड्काले सो अवसरमा विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका ८८५ जना आफ्नो हस्ताक्षर फिर्ता लिएको दाबी गर्दै सो को विवरण आयोगमा बुझाएका थिए । उनले विशेष महाधिवेशन केन्द्रीय समितिले नबोलाएको र विधि सम्मत नभएको दाबी गर्दै आफुहरुले नै आधिकारिकता पाउनु पर्ने बताएका थिए ।
सो अवसरमा काँग्रेस नेता शेखर कोइरालाले ४० प्रतिशत म्हाधिवेशन प्रतिनिधिले बोलाउने अधिकार छ तर विशेष अधिवेशनको कार्यविधि केन्द्रीय समितिले बनाउनु पर्ने व्यवस्था रहेको बताए । कुनै पदाधिकारीले विशेष महाधिवेशन बोलाउने अधिकार काँग्रेसको विधानले नदिएको बताएका थिए ।
FACEBOOK COMMENTS