![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
इलाम । इलाम–२ को उपचुनावअन्तर्गत जारी मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर घटाउँदै लगेका छन् ।
अहिलेसम्म फाकफोकथुम गाउँपालिकाको तीन वटा वडाको मत गणना गरिएको छ । सो परिणाम अनुसार अहिलेसम्म नेपाली कांग्रेसले झिनो मतले अग्रता लिएको छ । तर, एमालेका सुहाङले मतान्तर तीव्र घटाइरहेका छन् ।
प्राप्त परिणाम अनुसार कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार ६४३ मत ल्याएका छन् भने एमाले उम्मेदवार नेम्वाङले एक हजार ६०३ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।
तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४३७ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ३०५ मत प्राप्त गरेका छन् ।
इलाम उपनिर्वाचन अपडेट : कांग्रेसका डम्बरबहादुर खड्काले लिए सुरूवाती अग्रता
FACEBOOK COMMENTS