काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार फेर्ने वा समिकरण बनाउने खेलमा आफू नरहेको प्रष्ट पारेका छन् ।
फागुनमा चुनाव हुने अवस्था नरहे पनि अब हुने चुनावको तयारीमा एमाले रहेको भन्दै उक्त चुनावबाट वहुमत सहित फर्किने दावी ओलीको छ ।
पार्टीको मुखपत्र नवयुगको विमोचन गर्दै अध्यक्ष ओलीले पूराना पार्टीलाई आउन नदिने भनेर कतिपयले भने पनि एमालेलाई कसैले परास्त गर्न नसक्ने बताए । उनले महाभारतको अभिमन्यूलाई सबैले एक्लै पारेर घेरा हालेर आक्रमण गरेजस्तै एमालेमाथि हमला भइरहे पनि त्यस्ता शक्तिलाई धोबि पाट हानेर पछार्ने बताए ।
ओलीले भने, ‘एमाले समिकरण बदल्ने वा सरकार ढाल्ने खेलमा छैन । यो सरकारले फागुन २१ मा चुनाव त गराउँदैन,तर अब हुने चुनावमा एमाले बहुमतसहित फर्किनेछ । अरु पूराना पार्टी के गर्छन् मलाई थाहा छैन,तर एमाले फर्किन्छ ।’
ओलीले एमालेमाथि २०७३ सालमा र २०७८ सालमा हमला गरे पनि जनमतबाटै सत्तामा फर्किएको स्मरण गर्दै फेरि पनि फर्किने दावी गरे ।


FACEBOOK COMMENTS