काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन २१ गते हुने निर्वाचन र पार्टीका नियमित महाधिवेशनका काम, सङ्गठन निर्माणलाई एकैसाथ परिचालन गर्ने भएको छ ।
शुक्रबार राप्रपा केन्द्रीय समिति बैठकका निर्णय सुनाउँदै अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी महाधिवेशनको काम र चुनावको तयारी सँगसँगै अघि बढाउन पार्टी नेता कार्यकर्तालाई निर्देशन दिने निर्णय गरेको बताए ।
यद्यपि, अध्यक्ष लिङ्देनले राजनीतिक समस्याको समाधान नगरी हुने चुनावले निकास दिँदैन भन्ने मान्यतामा राप्रपा अडिग रहेको बताए ।
राप्रपाले सरकार र जेनजीबिच भएको सहमतिमा साझा धारणा नबनेको भन्दै उक्त सम्झौता कार्यान्वयनको समय सीमा समेत निर्धारण नगरेको भन्दै गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताको सवालमा आम जनभावनाको प्रतिनिधित्व हुने गरे संविधान संशोधन गर्नुपर्ने जनाएको छ ।
FACEBOOK COMMENTS