काठमाडौं । नेकपा एमालेले निर्वाचन धाँधलीरहित हुने विषयमा आशंका व्यक्त गरेको छ। शनिबार केन्द्रीय प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनेमा शंका रहेको बताएका हुन्।
‘मुलुकको जे अवस्था सिर्जना भइरहेको छ, निर्वाचनका गतिविधिहरू जसरी अगाडि बढिरहेका छन्। जेजस्ता घटना व्यवहारहरू प्रदर्शन भइरहेका छन्।
त्यसले चिन्तित तुल्याएको छ। र निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले हुन्छ कि हुँदैन भन्नेमा तपाईं हामी सबैलाई अलिकति चिन्तित तुल्याएको छ,’ उनले भने।
शाहीले केन्द्रीय पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलनमार्फत एमालेको आधिकारिक धारणा सार्वजनिक गरेका हुन्।
एमालेको निष्कर्ष– चुनाव हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो

FACEBOOK COMMENTS