काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनको विद्युतको बक्यौता महसुल विवाद रहेका थप दुई उद्योगले पहिलो किस्ताको रकम बुझाएका छन् ।
घोराही सिमेन्ट र कसमस सिमेन्टले नेपाल विद्युत प्राधिकरणलाई पहिलो किस्ता बुझाएका हुन् ।
घोराही सिमेन्टले एक करोड ८१ लाख ६१ हजार र कसमस सिमेन्टले ३५ लाख रुपैयाँ बुझाएको छ ।
डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनको विद्युत प्रयोग गरेबापत घोराही सिमेन्टले ५० करोड ८५ लाख र कसमस सिमेन्टले ९ करोड ७७ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।
हालसम्म १७ वटा उद्योगले पहिलो किस्ताको रकम बुझाएका छन् । किस्ता बुझाउने उद्योगमा प्राधिकरणले विद्युत आपूर्ति पुनः सुरू गरेको छ ।

FACEBOOK COMMENTS