काठमाडौं । सरकारले निजी क्षेत्रलाई पनि ऊर्जा व्यापारमा सहभागी गराउने नीति लिने भएको छ ।
सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमा सार्वजनिक गर्दै राष्ट्रपति राचन्द्र पौडेलले बुढिगण्डकी जलविद्युत आयोजालाई अगाडि बढाइने बताए ।
ऊर्जामा सबै नागरिलाई सुनिश्चित गरिने उनले बताए । आगमी २ वर्षभित्र सबैको घरमा बिजुली पुर्याइने उनले बताए ।
विपन्न वर्गलाई निःशुल्क विद्युतीय मिटर उपलब्ध गराइने भएको छ भने वर्षको ५० युनिट र हिँउदे याममा ३० युनिट विद्युत निःशुल्क दिइने भएको छ ।
नेपालमा उत्पादन भएको विद्युत खपतकालागि प्रसारण लाइन विस्तारमा जोड दिने भएको छ।
नदीको उपल्लो तहमा जलशाय युक्त आयोजना बनाउने कार्यक्रम लिएको छ।
FACEBOOK COMMENTS