काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी ५ वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।
मंगलबार नेकपाले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा आगामी पाँच वर्षभित्रमा राष्ट्रिय प्रणालीको क्षमता १५ हजार मेगावाट पुर्याउने लक्ष्य राखेको छ ।
त्यसैगरी दीर्घकालीन लक्ष्य: सन् २ हजार १०० सम्म ४० हजार ००० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य प्रस्तुत गर्दै नेकपाले शतप्रतिशत हरित ऊर्जा उपयोग गर्ने देश घोषणा गर्ने लक्ष्य लिएको छ । नवीकरणीय ऊर्जा मिश्रण उल्लेखनीय रूपमा बढाउने प्रतिबद्धता सहित पार्टीले ऊर्जा क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिएको छ ।
ऊर्जा क्षेत्रमा प्रतिव्यक्ति विद्युत खपत आगामी पाँच वर्षमा ७५० किलोवाट घण्टा पुर्याइनेछ, विक्रम सम्वत् २१०० सम्म ४० हजार मेगावाट विद्युत उत्पादन गर्ने दीर्घकालीन लक्ष्य पूरा गर्न जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढाउन पहल गरिनेछ, नयाँ आयोजनाहरूको विद्युत खरिद सम्झौता खोल्नुका साथै निजी क्षेत्रका कम्पनीहरूले पनि यस्तो सम्झौता गर्न सक्ने व्यवस्था मिलाइने प्रतिबद्धता गरेको छ ।
त्यस्तै आगामी ५ वर्षमा १० हजार मेगावाट थप गरी राष्ट्रिय प्रणालीको क्षमता १५ हजार मेगावाट पुर्याइने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

साथै नवीकरणीय ऊर्जा (सौर्य, वायु, माइक्रो/साना जलविद्युत) प्रवद्र्धन गरी नवीकरणीय ऊर्जा मिश्रण बढाइनेछ, जलविद्युत आयोजनाहरूको वातावरणीय तथा सामाजिक सुरक्षण सुनिश्चित गर्दै दिगो विकास मोडेल अपनाइनेछ, शतप्रतिशत हरित ऊर्जा उपयोग गर्ने देशको लक्ष्यसहित ऊर्जामैत्री देश घोषणाका लागि आवश्यक कार्यहरू गर्ने र ऊर्जा क्षेत्रमा स्वदेशी तथा बाह्य लगानी अभिवृद्धि गर्न नीतिगत तथा कानुनी सुधार गर्ने लगायतका विषय उल्लेख गरिएको छ ।

FACEBOOK COMMENTS