काठमाडौं । पछिल्लो समय ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल स्वशासित र उत्तराधिकारवाला विद्युत् नियमन आयोगमा हस्तक्षेपकारी भूमिकामा उत्रिएकी छिन् ।
आयोगको काम आफूलाई चित्त नबुझेको भन्दै उनले सुधारको पहल गर्ने बहानामा हस्तक्षेप गर्न थालेकी हुन् । कानुनतः यो आयोगमा मन्त्रीले हस्तक्षेप गर्न मिल्दैन । तर, आयोगका पदाधिकारीलाई जसरी पनि हटाउने मनस्थिति बनाएकी मन्त्री भुसालले अनावश्यक आरोप लगाउँदै स्पष्टीकरण समेत सोधेकी छिन् ।
त्यतिमात्र होइन आयोगका अध्यक्ष तथा सदस्यमाथि छानबिन गर्नुपर्ने भन्दै मन्त्री भुसालले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्तावसमेत लगेकी छिन् । कतिपय अवस्थामा सरकारले निर्धारण गरेको लक्ष्य हासिलमा दख्खल पुग्न जाने सम्भावनाका कारण मन्त्री अगाडि सर्नु परेको मन्त्रालय स्रोतको भनाइ छ ।
किन दिए रामप्रसादले राजीनामा ?
ऊर्जामन्त्री भुसालले अघिल्लो सरकारबाट नियुक्ति पाएका अध्यक्षसहित सदस्यहरूलाई जसरी पनि हटाउने मनसायका कारण सार्वजनिकरूपमा असन्तुष्टि व्यक्त गर्ने तथा आयोगको काममा अनावश्यक हस्तक्षेप गरेको भन्दै सदस्य डा. रामप्रसाद धितालले राजीनामा दिएका छन् ।

मन्त्री भुसालले आयोगको कार्यसम्पादन कमजोर रहेको सार्वजनिकरूपमै अभिव्यक्त गर्न थालेपछि त्यसरी पदमा बसिरहन उचित नहुने भन्दै धितालले पुस ७ गते राजीनामा दिएका हुन् ।

डा. धिताल विद्युत नियमन आयोगको प्रवक्तासहित योजना, अनुगमन, संस्थागत विकास, नियामकीय तथा बाह्य सम्बन्धसँग सम्बन्धित भूमिकामा थिए ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा ४ वर्ष कार्यकारी निर्देशकको जिम्मेवारी समेत पूरा गरेका धिताल नेतृत्व सम्हाल्न सक्ने खुबी र मध्यमार्गी भूमिका निर्वाह गरी कार्यसम्पादनमा सन्तुलन मिलाउन सक्ने व्यक्तिका रूपमा चिनिन्छन् ।
यो पनि पढ्नुहोस्–