काठमाडौं । नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रका प्रमुख आनन्द सापकोटा सम्मानित भएका छन ।
नेपाल विद्युत प्राधिकरणको ४० औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारीको रूपमा दार्चुला वितरण केन्दमा कार्यरत सापकोटा सम्मानित भएका हुन ।
नेपाल विद्युत प्राधिकरणको बार्षिकोत्सवको अवसरमा सापकोटाले नगद २५ हजार सहित उत्कृष्ट कार्य प्रशंसा पत्र समेत प्राप्त गरेका छन् ।
दार्चुलामा विद्युत चुहावट नियन्त्रणमा राम्रो काम गरेको, महसुल संकलनमा वृद्धि गरेको, ग्राहकको संख्या वृद्धि गरेको र बक्यौता महसुल असुलमा प्रगति गरेको भन्दै सापकोटालाई सम्मानित गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले गरेको सम्मानले आफूलाई थप काम गर्ने हौसला प्राप्त भएको सापकोटाले बताएका छन । उनले भने ‘पहाडी जिल्ला दार्चुलामा विद्युत सेवा प्रवाहलाई प्रभावकारी बनाउन हामी लागिपरेका छौं । यो सम्मानले मलाई कार्यक्षेत्रमा लाग्न थप प्रेरणा मिलेको पनि प्रतिकृया दिएका छन ।
दार्चुला वितरण केन्दमा रहेर कामको मुल्याङकन गरिदिने प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य,उर्जा जसस्रोत तथा सिंचाई मन्त्रालय एवं सदस्य संचालक समितका सुरेश आर्चाय, उर्जा जसस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का लाई वितरण केन्द्रका प्रमुख सापकोटाले धन्यबाद समेत दिएका छन । सम्मानित सापकोटा २०७९ फागुन १५ गते देखि हालसम्म नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रमा प्रमुखको रुपमा कार्यरत रहेका छन ।
FACEBOOK COMMENTS