काठमाडौं । विद्युत उत्पादन कम्पनी (भीयूसीएल) को प्रमुम कार्यकारी अधिकृत (सीईओ)मा बखतबाहदुर शाही नियुक्त भएका छन् । भीयूसीएलको बिहीबार विहान बसेको सञ्चालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृतमा दैलाखका शाहीलाई नियुक्त गरेको हो ।
उनको नियक्तिसँगै प्रदेश पूर्वाधार विकास प्राधिकरण, लुम्बिनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले नियुक्तिका लागि गरेको प्रयास असफल भएको छ । छनोट समितिका एक सदस्यका अनुसार विद्युत विकास विभागका महानिर्देशक चिरञ्जीवि चटौत नेतृत्वको छनोट समितिले गरेको सिफारिसका आधारमा शाही नै नियुक्त भएका हुन् ।
अब शाहीले सीईओको रुपमा काम गर्नेछन् । गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भीयूसीएल अन्तर्गतको फुकोट कर्णाली जलविद्युत आयोजना भारतीय कम्पनी एनएचपीसीको नेतृत्वमा बनाउने सहमति भइसकेको छ । त्यसबाहेक ठूला क्षमताका किमाथांङ्का अरुण, मुगु कर्णाली, जगदुल्ला र नलगाढ जलविद्युत परियोजना भीयूसीएल अन्तर्गत नै विकास गर्न खोजिएको छ । यस्ता आयोजना निर्माणका लागि विदेशी कम्पनीको खोजी भइरहेकाले भीयूसीएलको सीईओ पद हात पार्न विगतदेखि नै स्वार्थ समूहहरुले प्रयास गर्दै आएका छन् ।
FACEBOOK COMMENTS