काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा नेपालमा ३५१० विद्युतीय सवारी सवारीसाधन भित्रिएका छन् ।
उक्त सवारीसाधनको झन्डै आधा विद्युतीय सवारीसाधन आएको रहेका छन् ।
यसरी ठूलो मात्रामा विद्युतीय सवारीसाधन भित्र्याउँदा त्यसमा दिइएको भन्सार छुटका कारण विगत भन्दा राजस्व संकलनमा समेत उल्लेखनीय गिरावट आएको छ ।
चालू आर्थिक वर्ष २०७९/८० को साउनदेखि बैशाख महिनासम्म कूल सात हजार पाँच सय ६३ वटा सवारी साधन आयात भएका छन् । जसमध्ये तीन हजार पाँच सय १० वटा विद्युतीय सवारी साधन रहेका छन् । यसरी भित्रिएका सवारी साधनमध्ये विद्युतीय सवारीसाधनको हिस्सा ४६ दशमलव ४१ प्रतिशत रहेको छ ।
टाटा गाडीको उच्च आयात

चालू आर्थिक वर्षको १० महिनामा नेपाल भित्रिएका विद्युतीय सवारी साधनमध्ये आधाभन्दा बढी भारतीय कम्पनी टाटाको रहेको देखिएको छ । यसबिच टाटाका एक हजार ९ सय ६५ वटा गाडी नेपाल भित्रिएका छन् ।

गत पुस महिनामा सर्वाधिक तीन सय ३४ वटा सवारी साधन नेपाल पठाएको टाटाले साउन महिनामा भने एक सय २५ वटा मात्रै पठाएको थियो । तथ्याङ्क अनुसार टाटका विद्युतीय गाडी भाद्र महिनामा १७९, असोजमा १९८, कात्तिकमा १८७ र मंसिरमा २९७ वटा आयात भएका हुन् ।

त्यस्तै, माघमा १५५ वटा आयात भएका थिए भने फागुनमा १३८ वटा टाटाका गाडी नेपाल भित्रिएका थिए । चैत्रमा १८४ वटा गाडी आयात भएका छन् भने बैशाखमा २०८ वटा टाटाका गडी नेपाल भित्रिएका छन् ।
दोस्रोमा एमजी
विद्युतीय सवारीमा अर्को चर्चित ब्राण्ड हो, एमजी । जसका चार सय ९५ गाडी यसबिच नेपाल भित्रिएका छन् ।
हुण्डाई, बिवाइडी र होजन पनि अगाडी
खनिज इन्धनबाट चल्ने गाडीमा राम्रो बजार हिस्सा ओगटेको हुण्डाईका विद्युतीय सवारी पनि नेपालमा उल्लेख्य मात्रामा आयात भएका छन् । गएको १० महिनामा हुण्डाईका २७० वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।
अर्को चर्चित ब्राण्ड बिवाइडीका भने यस अवधिमा २२९ वटा गाडी नेपाल भित्रिएका छन् । खासै चर्चामा नरहे पनि होजन अटोका २४७ वटा विद्युतीय सवारी साधन नेपालमा आयात भएका छन् । केवाइसीका पनि १७१ वटा गाडी नेपाल भित्रिएका छन् ।
नेपाल भित्रिएका अन्य ब्रान्डहरू
विद्युतीय सवारीको लगभग पर्यायकै रूपमा चिनिएको टेस्लाको आयात भने निकै कम मात्रामा भएको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको दश महिनामा टेस्लाका जम्मा १३ वटा गाडी मात्रै नेपाल भित्रिएका छन् ।
बरु यसबिच डिएफएस्केका ३६ वटा गाडी नेपाल आयात भएका छन् । यसबाहेक ट्रिटोनका ३०, फोटोनका २०, रेइसिन्सका १० वटा गाडीहरू नेपाल भित्रिएका छन् । उल्लेखित बाहेक विइलिंकका चार वटा, हाउजी अटोका चार वटा, किंगलोङका तीन वटा विद्युतीय सवारी नेपाल भित्रिएकामा अन्य ब्राण्डको नाम नखुलेका १३ वटा विद्युतीय सवारी समेत नेपालमा आयात भएको तथ्यांकमा उल्लेख गिरएकाे छ।