आगामी ट्रम्प प्रशासनका महत्त्वपूर्ण पात्र एलन मस्क कुनै दिन राष्ट्रपति बन्न सक्ने सम्भावना नरहेको अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आइतबार बताएका छन् ।
ट्रम्पले मस्कले अमेरिकी राष्ट्रपति लड्ने सम्भावना नरहेको बताएका हुन् ।
एरिजोनाको फिनिक्समा आयोजित रिपब्लिकन पार्टीको सम्मेलनमा ट्रम्पले भने, ‘उहाँ राष्ट्रपति हुनुहुने छैन, यो कुरा म तपाईंलाई भन्न सक्छु ।’
ट्रम्पले थपे, ‘तपाईंलाई थाहा छ उहाँ किन अमेरिकी राष्ट्रपति हुन सक्नुहुन्न ? उहाँ यो देशमा जन्मनुभएको थिएन । उहाँ दक्षिण अफ्रिकामा जन्मिनुभएको थियो ।’
अमेरिकी संविधानमा राष्ट्रपति हुनका लागि अमेरिकामा जन्मेको अमेरिकी नागरिक हुनुपर्ने व्यवस्था छ ।
ट्रम्पले विशेषगरी डेमोक्र्याटिक समूहको आलोचनाको जवाफ दिँदै प्रविधि क्षेत्रका अर्बपति व्यवसायी र विश्वका सबैभन्दा धनी व्यक्तिलाई ‘राष्ट्रपति मस्क’ को रूपमा चित्रण गरेका थिए ।
ट्रम्पको ‘दक्षताको शक्ति’ को रूपमा काम गर्ने मस्कको प्रभावले गर्दा डेमोक्र्याटिकहरूले मस्कविरोधी प्रचारलाई केन्द्रित गर्दै एक अनिर्वाचित नागरिकले कसरी यति धेरै शक्ति प्रयोग गर्न सक्छ भन्ने प्रश्नहरू उठाएका देखिन्छ ।
मस्कले आफ्नो सोसल मिडिया प्लाटफर्म एक्समा २० करोडभन्दा बढी डेमोक्र्याटिक ‘शुभचिन्तक’ लाई यस हप्ता सरकारी कोषको प्रस्तावलाई रद्दीको टोकरीमा हालेपछि रिपब्लिकनहरूबीच आक्रोश पनि बढेको छ ।
FACEBOOK COMMENTS