काठमाडौं । विश्व धनाढ्य एलन मस्क गरिबको जस्तो जीवन बाँच्छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, यो सत्य हो । मस्क दैनिक जीवनयापनका कुरामा मक्खीचुस जस्तै छन् ।
मस्कका दुई बच्चाकी आमा तथा उनकी पूर्वपत्नी ग्राइम्सका अनुसार मानिसहरूले बाहिर कल्पना गरेजस्तो मस्क ऐश–आरामको जीवन बिताउँदैनन् ।
कहिलेकाहीँ त उनी साह्रै नै गरिबजस्तो जीवन जिउँछन् ।
एकपटक मस्क सुत्ने गरेको म्याट्रेस च्यातिएको थियो । तर, मस्कले नयाँ किन्न पनि अस्वीकार गरेका थिए ।
भलै, मस्कको जीवनशैली साधारण छ, तर उनलाई अनौठा कुराहरूमा ठूलो सोख छ । तीमध्ये एउटा यस्तो कार छ, जुन पानीमुनि चल्ने ‘सबमरिन’मा रूपान्तरण हुन सक्छ ।
यसका साथै, उनले निजी विमानहरू पनि सङ्ग्रह गरेका छन्, जसको मूल्य करोडौं डलर पन्र्छ ।

यस्तै, सन् २०२२ उनले ४४ अर्ब डलरमा ट्विटर (हालको एक्स) पनि किनेका थिए ।

FACEBOOK COMMENTS