काठमाडौँ । अर्बपति व्यवसायी एलन मस्कले अमेरिकामा नयाँ राजनीतिक दल गठनको घोषणा गरेका छन् ।
उनले यसलाई ‘अमेरिका पार्टी’ नाम दिएका छन् । मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा यो जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, ‘आज अमेरिका पार्टी गठन भइरहेको छ ताकि स्वतन्त्रता फिर्ता पाउन सकियोस् ।’
मस्कले एक्समा एक पोल गरेका थिए । जसमा उनले तपाईं दुई दलीय प्रणालीबाट स्वतन्त्रता चाहनुहुन्छ ? के हामीले अमेरिका पार्टी बनाउनुपर्छ ? भन्ने प्रश्न सोधेका थिए । सो पोलमा ६५.४ प्रतिशतले दल खोल्नुपर्छ भन्ने मत दिएका थिए भने ३४.६ प्रतिशतले हुँदैन भन्ने मत दिएका थिए ।
मस्कले भनेका छन, ‘अमेरिकालाई बर्बाद गर्ने र भ्रष्टाचारको कुरा आउँछ, अमेरिकाका दुवै दल (रिपब्लिकन र डेमोक्र््याट) एउटै हुन् । अब देशले दुई दलीय प्रणालीबाट स्वतन्त्रता पाउनेछ ।’
राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको ‘बिग ब्युटिफुल बिल’ मा विवाद भएपछि उनले यस्तो कदम चालेका हुन् ।
FACEBOOK COMMENTS