काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा शुक्रबारबाट सुरु भएको छ ।
बैठकमा पार्टीको आगामी कार्यसूची तथा संगठनात्मक विषयहरूबारे छलफल सुरु भएको हो ।
प्रचार विभाग प्रमुख राजेन्द्र प्रसाद गौतमका अनुसार बैठकमा साउन २ र ५ गते तय गरिएको पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकको तयारीबारे विशेष छलफल भइरहेको छ। यी बैठकहरू पार्टीको नीति, कार्यक्रम तथा संगठनात्मक मुद्दामा महत्वपूर्ण हुने भएकाले प्रारम्भिक तयारीमा सचिवालय जुटेको हो ।
यससँगै एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा आयोजना गर्ने ‘विद्यान महाधिवेशन’को तयारीलाई लिएर समेत छलफल तीव्र बनाइएको छ। महाधिवेशनले पार्टीको वैचारिक स्पष्टता, सांगठनिक सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिहरू तय गर्ने अपेक्षा गरिएको छ ।
महाधिवेशन नजिकिँदै गर्दा पार्टी भित्रै विभिन्न धार, प्रस्ताव र नेतृत्व शैलीका विषयमा बहस पनि चर्किएको छ। गोदावरी महाधिवेशनलाई सफल बनाउन एमालेले जिल्लास्तरदेखि केन्द्रसम्म संगठनात्मक सक्रियता बढाएको छ ।
सचिवालय बैठकबाट आजै केही निर्णय आउने सम्भावना छ ।
FACEBOOK COMMENTS