काठमाडौं । खाडी मुलुकको बढ्दो तनावको विषयलाई लिएर सरकारले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अहिले ५ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद्को बैठक बस्नेछ । उक्त बैठकमा खाडी मुलुक (मध्यपूर्व) मा देखिएको बढ्दो तनावका विषयमा छलफल हुने बुझिएको छ ।
केही बेरअघि मात्रै परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै खाडी मुलुकहरूमा १७ लाख बढी नागरिक विभिन्न काममा रहेको र अहिलेसम्म सुरक्षित रहेको बताएको छ ।
तर युरोप–अमेरिका लगायत गन्तव्य मुलुक हिँडेका कति नेपाली खाडीका एयरपोर्टमा ट्रान्जिटमा अल्झिएका छन् भन्ने बारे एकिन डेटा नभएको बताएको छ ।
FACEBOOK COMMENTS