जाजरकोट। जाजरकोटको छेडागाड नगरपालिकामा कर्मचारी सञ्चय कोषले अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कर्मचारी सञ्चय कोष शाखा कार्यालय सुर्खेत र सञ्चयकर्ता सेवा विभागको आयोजना रछेडागाड नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा कार्यक्रमसञ्चालन भएको हो ।
मनघाटस्थित नगरपालिकाको सभाहलमा शुक्रवार सञ्चालनभएको कार्यक्रममा कोषले सञ्चयकर्ताको हितमा सञ्चालन गरिरहेका विभिन्नकार्यक्रमहरुको बारेमा जानकारी गराइएको थियो ।
कोषको शाखा कार्यालय सुर्खेतका कार्यालय प्रमुख मुकुन्द अर्यालले अध्यक्षता गरेकोकार्यक्रम उपप्रबन्धक राजेन्द्र विक्रम केसीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममाकोषका वरिष्ठ प्रबन्धक राम प्रसाद लामिछानेले कोषले सञ्चयकर्ताको हितमा सञ्चालनगरिरहेका विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी प्रस्तुत गराएका थिए ।
यस्तै¸कोषको सेवा सुविधाहरुका बारेमा सहायक प्रबन्धक दुर्गा प्रसाद नेपाल र केवाइसीत वेब इन्ट्रि प्रकृयाका सम्बन्धमा सहायक प्रबन्धक पवन दाहालले प्रस्तुतिदिनुभएको थियो ।कार्यक्रममा वडा नं १२ का अध्यक्ष प्रेम बहादुर खत्रीले सञ्चय कोषले जाजरकोटकै दुर्गममध्येको छेडागाड नगरपालिकामा यस्तो वृहत कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद दिए ।

यस्तै शिक्षा समन्वय प्रमुख पदम बहादुर बिकले नेपालसरकारले डिजिटल एवं पेपरलेस गभर्नेन्सको अवधारणा अघि सारेको र कोषले यसअवधारणा अनुसार आफुलाई अव्वल सावित गर्दै गइरहेको सन्दर्भमा समस्त शिक्षकतथा कर्मचारीहरुले समेत सो प्रकृयामा सहयोग गर्नुपर्ने बताए ।

उपप्रबन्धक राजेन्द्र विक्रम केसीले सञ्चयकर्ताको सुविधाको लागि कोष कटिबद्ध रहेको र कोषकोडिजिटाइजेसनको प्रकृयामा समस्त शिक्षकवर्ग तथा विद्यालयहरुको सदैव सहयोगकोअपेक्षा रहेको बताउनुभयो ।कार्यक्रममा छेडागाड नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका प्रधानअध्यापक सहित शिक्षक तथा अन्य कर्मचारीहरु गरी १३८ जनाको सहभागितारहेको थियो ।

FACEBOOK COMMENTS