काठमाडौं । सोमबार आजबाट बिहान ९ बजेदेखि नै सरकारी कार्यालय खुलेका छन् ।
पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन सरकारले आजदेखि लागू हुने गरी बिहान ९ देखि साँझ ५ बजेसम्म सरकारी कार्यालय खुला राख्ने तथा शनिबार र आइतबार बिदा गर्ने निर्णय गरेअनुसार सरकारी कार्यालयहरू बिहान ९ बजे नै खुलेका हुन् ।
बिहान ९ बजे कार्यालय खुल्ने भनेपछि देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा बिहान ८ बजेदेखि नै कर्मचारीको चहलपहल बढेको छ ।
हेर्नुहोस् तस्वीरहरू


