काठमाडौँ । भारत इङल्याण्डविरुद्धको पाँचौ टेस्टको पहिलो इनिंगमा २२४ रनमा अल आउट भएको छ।
टस हारेर पहिला ब्याटिंग गरेको भारतले पहिलो इनिंगमा २२४ रन बनाएर अल आउट भएको हो । भारतका लागि करुण नायरले सर्बाधिक ५७ रन बनाएका थिए । त्यस्तै साइ सुदर्शनले ३८, वाशिंटन सुन्दरले २६, शुभमन गिलले २१, ध्रुव जुरेलले १९ रन र केएल राहुलले १४ रन बनाएका थिए ।त्यसैगरी इङल्याण्डका बलर गुस अटकिन्सनले सर्बाधिक ५ विकेट लिए भने जोश टंगले ३ विकेट तथा क्रिस वोक्सले एक विकेट लिएका थिए ।
FACEBOOK COMMENTS