काठमाडौँ । इङल्याण्डले एसेज सिरिज अन्तर्गतको बक्सिङ डे टेस्ट ४ विकेटले जितेको छ । टेस्टको दोस्रो दिन इङल्याण्डले पाएको १७५ रनको लक्ष्य ६ विकेट गुमाउदै पुरा गरेको हो ।
यसअघि पहिलो दिन दुवै टिम अलआउट भएपछि अस्ट्रेलियाले आफ्नो दोस्रो इनिंगमा केवल १३२ रन मात्र बनाएको थियो । टेस्टको पहिलो दिन अस्ट्रेलिया १५२ रनमा अलआउट भएपछि इङल्याण्ड पनि पहिलो इनिंगमा ११० रनमा अल आउट भएको थियो ।
योसँगै इङल्याण्डले पछिल्लो १५ बर्षमा १६ टेस्टमा हार र २ टेस्ट ड्र गरेपछि पहिलो पटक अस्ट्रेलियामा टेस्ट खेल जितेको छ । यस अघि इङल्याण्डले २०११ को जनवरीमा अस्ट्रेलियामा टेस्ट खेल जितेको थियो । यो जितपछि जारी एसेज सिरिज ३–१ ले अस्ट्रेलिया अगाडी रहेको छ भने अब सिरिजको अन्तिम खेल जनवरी ४, २०२६ देखि सिड्नीमा हुने छ ।
FACEBOOK COMMENTS