काठमाडौँ । आइसीसी टी–२० विश्वकप अन्तर्गत आज इङल्याण्डले नेपालविरुद्ध खेल्ने प्लेइङ ११ को घोषणा एक दिन अघि नै गरेको छ ।
मुम्बईको वानखेडे स्टेडियममा आइतबार हुने समुह सी अन्तर्गतको यो खेल नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि शुरु हुदैछ । नेपालले इङल्याण्डविरुद्ध कुनै पनि फम्र्याटमा खेल्न लागेको यो पहिलो पटक हो ।
इङल्याण्डले आफ्नो प्लेइङ–११ मा कप्तान ह्यारी ब्रूक, फिल साल्ट, जोस बटलर, ज्याकब बेथेल, टम बानटन, साम कुरान, विल ज्याक, लियाम डावसन, जोफ्रा आर्चर, आदील राशिद र लुक वूडलाई सामेल गरेको छ ।
नेपालको समूह सी मा स्कटल्याण्ड, इङल्यान्ड, इटाली र वेष्टइण्डिज रहेका छन् । नेपालले दोस्रो खेल फेब्रुअरी १२ मा इटालीसँग, १५ मा वेष्ट इण्डिजसँग र १७ मा स्कटल्याण्डसँग खेल्ने रालिका रहेको छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने तालिका छ ।
FACEBOOK COMMENTS