काठमाडौं । इङल्याण्डले वेस्ट इण्डिजविरुद्धको टी–२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।
गएराति सम्पन्न खेलमा इङल्याण्डले वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरको हो ।
वेस्ट इन्डिजले दिएको १९७ रनको लक्ष्य पछाएको इङल्याण्डले १८.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इण्डिजले २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनाएको थियो ।
यो जितपछि इङल्याण्ड ३ खेलको सिरिजमा २–० ले अगाडि भएको छ र एक खेलअघि नै सिरिज जितेको छ ।
अब सिरिजको अन्तिम खेल मङ्गलबार हुने तालिका छ ।
FACEBOOK COMMENTS